ad ad

राजनीति


बालकृष्ण खाणलाई केन्द्रीय कारागार पुगेर भेटे शशांकले

बालकृष्ण खाणलाई केन्द्रीय कारागार पुगेर भेटे शशांकले

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १२:५१, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर बुधबार भेटेका छन्।

बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको बताइएको छ।

नक्कली शरणार्थी प्रकरणमा जेल पर्नुअघि खाण कांग्रेसमा शक्तिशाली नेतामध्ये एक थिए। संस्थापन पक्षमा रहेका खाण अचानक जेल जानुपरेपछि उनलाई भेट्न दैनिकजसो नेताहरु पुग्ने गरेका छन्। 

पछिल्लो समय उनलाई भेट्न धेरैजसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी पुग्ने गरेका छन्। त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले पनि नियमित भेट्ने गरेका छन्।

यसअघि खाणलाई परराष्ट्र मन्त्री एनपी साउदले पनि जेलमा पुगेर भेटिएसकेका छन्। कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले खाणलाई गत साउन १३ गते केन्द्रीय कारागार पुगेर भेटेका थिए।

खाणसहित नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरुले रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। 

यसअघि सबै अभियुक्तहरुको फाइल एकैठाउँ राखेर पेस गर्न अदालतले भनिसकेको छ। दुई नेताबीचको कुराकानीबारे केही खुलेको छैन।

उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाएको थियो। अब ती सबै प्रतिवेदनलाई एकै ठाउँ राखेर मुद्दाको सुनुवाइ अघि बढ्दैछ।

अब उच्च अदालतले खाणसहित थुनामा रहेकाहरुलाई रिहा गर्ने वा जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिने छ। तर मुद्दाको सुनुवाइको मिति निश्चित भइसकेको छैन। 

कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला पनि शेरबहादुर देउवाकै क्याम्पमा थिए। खाण पनि संस्थापनबाटै केन्द्रीय सदस्यमा उठेर विजयी भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .