ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र संयुक्त अधिराज्यका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त अधिराज्यका राजदूतबीच भेटवार्ता

नेपालखबर
भदौ १३, २०८० बुधबार १२:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ।

प्रचण्ड र फेनबीचको भेटमा नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए।

राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .