प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रोस्टेट (बीपीएच)को शल्यक्रिया गराएका खड्कालाई छाउनीस्थित सैनिक अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
बुधबार भर्ना भएका उनको सोही दिन शल्यक्रिया गरिएको हो।
अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो।
शल्यक्रिया पश्चात अस्पतालकै वार्डमा रहेका मन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जंगी अड्डाले जनाएको छ।
57
Shares
प्रतिक्रिया