ad ad

राजनीति


माओवादीभित्र कोही भ्रष्टाचारमा संलग्न देखिए उन्मुक्ति पाउँदैनन् : वर्षमान पुन

माओवादीभित्र कोही भ्रष्टाचारमा संलग्न देखिए उन्मुक्ति पाउँदैनन् : वर्षमान पुन

‘जनतासँग माओवादी विशेष अभियान’ उद्घाटन मन्तव्य राख्दै उपमहासचिव पुन।


नेपालखबर
भदौ १६, २०८० शनिबार १२:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले देशमा अहिले जनताको सरकार रहेको दाबी गरेका छन्। 

शनिबार गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ उद्घाटन क्रममा पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको जिकिर गरे।

देशमा पहिलोपटक सरकारले पनि जनताका पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनले बताए। 

सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शुद्धीकरणका लागि थालिएको पुनको भनाइ छ। नेता पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरूमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी टिप्पणी गरे। 

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ। उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ। बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ’, उनले भने, ‘पार्टीहरू, राज्य संयन्त्र र समग्र सामजको शुद्धीकरणलाई सरकारले प्राथमितामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ।’ 

पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए। राष्ट्रिय र आत्मनिर्भर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभियान पनि भएको पुनले बताए।  राज्यप्रति जनतामा कम हुँदै गएको विश्वास विश्वास जागृत गरी  राज्य मेरो अभिभावक हो भन्ने भावना पैदा नगराएसम्म जनतामा रानजीतिक नेतृत्वले विश्वास आर्जन गर्न कठिन रहेको पुनले स्वीकारोक्ति थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .