ad ad

राजनीति


एमालेको लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरूद्व परेको उजुरी झुटो

एमालेको लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरूद्व परेको उजुरी झुटो

नेपालखबर
भदौ १८, २०८० सोमबार १५:१, काठमाडौँ

नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको सदस्यता नभएको भन्दै परेको उजुरी गलत सावित भएको छ।

प्युठानको नौबहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेकाले उम्मेदवारी खारेज गर्न मागसहित पाल्पाका राजु श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए। 

तर,रिजालको १७२५ नम्बरको संगठित सदस्यता प्युठानको नौबहिनी गाउँपालिका ६ मा कायम रहेको पाइएको छ। 

आर्थिक वर्ष २०७९/८० को नवीकरण रेकर्डमा उनको सदस्यता नवीकरण प्युठानको नौबहिनी गाउँपालिका ६ बाट भएको उल्लेख छ। 

रिजालको सदस्यता प्यूठानको नौबहिनी गाउँपालिका-६ मै रहेको विवरण एमाले प्युठानका अध्यक्ष विजयविराज विष्टले निर्वाचन आयोगमा प्रमाणीकणसहित गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .