ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र बालेन्द्रको अराजक शैलीले देश चल्न सक्दैन : शेखर कोइराला

प्रधानमन्त्री प्रचण्ड र बालेन्द्रको अराजक शैलीले देश चल्न सक्दैन : शेखर कोइराला

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:५३, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

जातीय पहिचानको राज्य बनाइदिने जस्ता अराजक कुरा प्रधानमन्त्री दाहालले बोल्न नहुने उनले बताए। 

पार्टीनिकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताएका छन् 

‘देश अराजकतातिर बढ्न गएको भन्ने खबर २/३ दिन पहिले कहिले हो? काठमाडौंका मेयरले जुन बोल्नुभयो, त्यो गलत थियो। देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन’, उनले भने, ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, जातीय पहिचानको राज्य बनाइदिन्छौँ भन्न मिल्दैन। यसरी देश चल्दैन। यो कुरालाई कांग्रेसले गम्भीर रुपले लिनुपर्छ, कर्मचारी पनि गम्भीर हुनुपर्छ।’

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए।

उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिन सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .