ad ad

राजनीति


गुणस्तरीय तथ्यांक नहुँदा सरकारले बनाएका योजनाहरू विफल भए : आयोग

गुणस्तरीय तथ्यांक नहुँदा सरकारले बनाएका योजनाहरू विफल भए : आयोग

नेपालखबर
भदौ २१, २०८० बिहिबार १६:१, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरिय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु सफल हुन नसकेको बताएका छन्।

बिहीवार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ७ औं कृषि गणना कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले सरकारले बनाउने हरेक नीति,योजना तथा कार्यक्रमहरु तथ्याङ्कमा आधारित भएर बनाउने तर तथ्याङ्क गुणस्तरीय नुहँदा योजनाहरु विफल हुने गरेको दाबी गरे।

उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजनाहरुमा समेत तथ्य तथ्याङ्क आवश्यक गर्ने बताए।

उनले आयोगले १६ औं योजना बनाई रहेको भन्दै तथ्याङ्क कार्यालयले ठिक समय कृषि गणना सार्वजनिक भएको उल्लेख गरे। तथ्याङ्क गुणस्तरीय नहुँदा मुलुकमा अहिलेसम्म राज्यले गरेका योजना तर्जुमा, नीति र कार्यक्रमहरु लागू भएपनि अपेक्षा अनुसार प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनको भनाई छ।

उपाध्यक्ष श्रेष्ठले सरकारले बनाएरका योजनाहरुले केही नजिता दिएपनि मुलुकको आवश्यकताको तुलनामा न्युन रहेको उल्लेख गरे। आयोगले १६ औं योजनालाई स्टक्चर ट्रान्सफरमेसन केन्द्रित बनाउन चाहेको बताए।

उनले १६ औं योजनाको प्राथमिकता कृषि उत्पादन र वृद्धिमा रहने उल्लेख गरे। उनले कृषि क्षेत्रलाई व्यवसायीकिकरण र आधुनिकीकरण गर्नसके मात्रै छोटो समयमा धेरै उत्पादन र रोजगारी बढाउन सकिने दाबी गरे। उनले उद्योग क्षेत्रको विकास नभइ सेवा क्षेत्रको विकास नटिक्ने बताए।

उनले अब तथ्याङ्क संकलनमा तीनै तह लाग्ने र राष्ट्रिय एकीकृत तथ्याङ्क प्रणाली विकास गरी स्थानीय र प्रदेश तहको क्षमता विकास गर्न योजना रहेको बताए।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले सरकारले संकलन गरेका तथ्याङ्क सबैले थाहा पाउनको लागि तथ्याङ्क मिडियाका रुपमा अगाडि जान आवश्यक रहेको बताए। उनले पछिल्लो समय सामाजिक सञ्जालमा तथ्याङ्क बोल्ने गरेको बताए। उनले सरकारले धेरै तथ्याङ्क संकलन गरेको तर सार्वजनिक गर्न नसकिएको उल्लेख गरे।

उनले तथ्याङ्क कार्यालयले सबैलाई सहज बनाउनको लागि सामाजिक सञ्जालमा हेरक दिन एउटा तथ्याङ्क राख्ने गरिएको बताए। सरकारले तथ्याङ्कलाई सकेसम्म शुद्धीकरण गर्ने प्रयास गरिरहेको उनको भनाई छ। तथ्याङ्क शुद्धीकरणको लागि स्थानीय तहसम्म पुग्न आवश्यक रहेको सचिव रायाले उल्लेख गरे। उनले सरकारले एकीकृत तथ्याङ्क प्रणालीको विकास गर्नेगरी काम गरिरहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .