ad ad

राजनीति


सरकारले भन्यो : प्रधानमन्त्री अमेरिकाबाटै चीन जाने कुरा नराम्रो होइन, शंका नगरौँ

सरकारले भन्यो : प्रधानमन्त्री अमेरिकाबाटै चीन जाने कुरा नराम्रो होइन, शंका नगरौँ

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १७:४३, काठमाडौँ

सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको जनाएको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताइन्।

उनले प्रधानमन्त्री अमेरिका भ्रमणमा गएर त्यसपछि चीन भ्रमण गर्ने विषय टुंगिसकेको बताइन्।

अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न उनले आग्रह गरिन्। शर्माले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन्। 

‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ। तयारीबारे हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयसँग र सम्बन्धित निकायसँग संयोजन गरेर तयारी भइरहेको छ’, उनले  भनिन्, ‘अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया सुरु भएको छ। द्विपक्षीय भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमै स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन्।’

अमेरिकाबाटै चीन जाने कुरा राम्रो नभएको कुरा आइरहेका बेला उनले भ्रमणको उद्देश्यमा पुग्नु मुख्य भएको बताइन्। 

‘कहाँबाट कुन बाटो पर्‍यो भन्ने प्राविधिक कुरा हो। त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन’, उनले भनिन्, ‘उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक हो। यसमा कुनै नियत, विषयवस्तु छैन।’

प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .