ad ad

राजनीति


अखिल क्रान्तिकारीको विवाद मिलाउन दुवै कमिटी भंग गरिँदै, माओवादीले आयोजक समिति बनाउने

अखिल क्रान्तिकारीको विवाद मिलाउन दुवै कमिटी भंग गरिँदै, माओवादीले आयोजक समिति बनाउने

बालुवाटारमा प्रधानमन्त्रीसहित अखिल क्रान्तिकारीका नेताहरु


नेपालखबर
भदौ २५, २०८० सोमबार ११:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको करिब एक वर्षदेखिको विवाद मिलेको छ।

पञ्चा सिंह र पवन कार्की समूहबीचको विवादलाई सोमबार बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिा मिलाइएको हो।

प्रचण्डको उपस्थितिमाा सोमबार भएको छलफलबाट पुरानो कमिटी भंग गरि नयाँ सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति जुटाएको छ। 

उक्त छलफलपछि विद्यार्थी फाँटका इन्चार्ज हिमाल शर्माले सबैको सकरात्मक प्रयासले अखिल क्रान्तिकारी एक भएको बताए। 

अखिल क्रान्तिकारीमा अहिलेसम्म पञ्चा सिंह र पवन कार्की नेतृत्वको समानान्तर दुई समूह क्रियाशील थिए। 

दुवैले नेतृत्व गरेको टिमलाई समेटेर ९९ सदस्यीय भेला २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने सहमति भएको नेता पवन कार्कीले नेपालखबरलाई बताए। 

‘संगठनभित्रको विवाद समाधान भइसकेको छैन, समाधानउन्मुख छ। पार्टीको निर्णय आउनुपर्छ, त्यसलाई कार्यान्वयन गरेर जाने वातावरण बने समस्या समाधान हुन्छ,’ उनले भने। 

अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले आयोजक समिति करिब २ सयजनाको बन्ने बताए। 

सहमतिअनुसार यसअघिको २२ औँ राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्यहरु सबै अब केन्द्रीय सचिव हुनेछन्। 
तत्कालीन २१ औँ राष्ट्रिय सम्मेलनपछिका प्रदेश सह-संयोजकहरु (हालका केन्द्रीय सचिव, केन्द्रीय आयोगका प्रमुख र उपप्रमुख, प्रदेश अध्यक्षहरु) उपमहासचिव हुने भएका छन्। 

संगठनको केन्द्रीय पदाधिकारीमै २०० जना हुनेछन्। आयोजक समितिमा रहने सबै नयाँ राष्ट्रिय सम्मेलनमा आ–आफ्नो कार्यक्षेत्र वा जिल्लाबाट प्रतिनिधि चुनिएर आउनु पर्ने भएको छ।

अहिले सिंह नेतृत्वको क्रान्तिकारीमा ४९ जना पदाधिकारी छन्। त्यसमा पवन कार्की नेतृत्वको समूहको थपेर ९९ सदस्यीय बनाउने तयारी छ। 

नयाँ सम्मेलन आयोजक समितिको पदाधिकारी बनाउँदा यसअघि रञ्जित तामाङ अध्यक्ष हुँदा बहाल रहेको आयोजक समितिलाई आधार मान्ने सैद्धान्तिक सहमति भएको छ।

तामाङ नेतृत्वको आयोजक समितिका कतिपय नेताहरुले अहिले विद्यार्थी संगठन छोडिसकेकाले बाँकीलाई समेट्ने तयारी छ। 

विद्यार्थी फाँटको इन्चार्जमा पूर्व अध्यक्ष एवम् माओवादी युवा नेता हिमाल शर्मा छन्। उनकै पहलमा विद्यार्थीको विवाद समाधान प्रयास भएको हो। 

बालुवाटारको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव वर्षमान पुनसहित दुवै अखिल क्रान्तिकारीका नेताहरु थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .