एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्।
प्रचण्डले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।
‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया