ad ad

राजनीति


विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन

विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन

नेपालखबर
भदौ २८, २०८० बिहिबार ६:५०, काठमाडौँ

विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेको छ। 

अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।

टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ। जसमा राजनीतिकर्मी, वैज्ञानिक, संस्थाहरुका प्रभावशाली सीईओ, कलाकार पर्दै आएका छन्। वर्ष व्यक्ति, विश्वका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको म्यागेजिनले २०१९ देखि उदीयमान नेताहरुको सूची पनि निकाल्न थालेको हो। 

टाइम म्यागेजिनले बालेनलाई उदीयमान नेता मान्नुको कारण खुलाउँदै २०७९ वैशाखको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका ३३ वर्षीय इन्जिनियर शाहले सामाजिक सञ्जाल टिकटक, फेशबुक, ट्विटरको मद्दतले ‘बालेन इफे’क्ट सिर्जना गरेको र अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ। सो चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि मेयरमा विजयी भएका थिए।

म्यागेजिनले चुनावी अभियानका क्रममा शाहले काठमाडौंको फोहोर मैला तथा सरसफाईको प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको जनाएको छ। तर उनी विजयी भएपछि ‘ती प्रतिबद्धता पुरा गर्नेक्रममा शहरी गरीबमाथि परेको असर र उनीहरु बस्ने घरको भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै उनले आलोचना खेप्नु परेको उल्लेख छ। 

टाइम म्यागेजिनको सय उदीयमान व्यक्तिको यो सूचीमा सबैभन्दा कम उमेरमा युरोपेली संसदको अध्यक्ष बनेका रोर्बटा मेट्सोला, युक्रेनको प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, स्कटल्यान्डका फष्ट मिनिस्टर हम्जा युसुफ, अमेरिकाको वातावरण संरक्षणका प्रमुख प्रशासक माइकल रेगन, भारतीय महिला क्रिकेटर हर्मन प्रित कौर, ग्रामी अवार्ड जित्ने गायीका केल्सी बलेरिनी, केरलाका आर्किटेक्चर भिनु ड्यानिअल, आफ्नो पहिलो प्रतियोगतामै लेडिज प्रोफेसनल गल्फ एसोसिएसनको उपाधि जित्ने रोज झाङ, पुलिट्जर पुरस्कार बिजेता पत्रकार मोना चलाबी छन्।

अर्को वर्ष अमेरिकाले चन्द्रमा पठाउने चार अन्तरिक्ष यात्री मध्येका एक भिक्टर जे ग्लोभर पनि उक्त सूचीमा पर्न सफल भएका छन्। जो पहिलो अश्वेत अन्तरीक्ष यात्री बन्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .