संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर यतिबेला पशुपति आर्यघाट पुर्याइएको छ।
बालुवाटारस्थित नेम्वाङको निवासबाट शवयात्रा गरी अन्त्येष्टिका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगिएको हो।
त्यहाँ राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि प्रक्रिया जारी छ।
यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत शीर्ष नेता नेम्वाङलाई अन्तिम बिदाइ गर्न भीड छिचोल्दै अघि बढिरहेको देखिएको छ।
हेर्नुहोस् यी तस्बिर-
177
Shares
प्रतिक्रिया