ad ad

राजनीति


एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (सूचीसहित)

एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (सूचीसहित)

नेपालखबर
भदौ २८, २०८० बिहिबार १५:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कमिटीमा २१ जना सदस्यलाई मनोनीत गरेको छ। गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले २१ जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। 

पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशन–११ जारी गर्दै मनोनीत भएका २१ सदस्यहरूको बारेमा जानकारी गराएका छन्। 

जसमा अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जना रहेका छन्।

अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी, धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्य बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .