मनाङबाट गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ) नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् सदस्यमा मनोनीत भएका छन्।
गण्डकी प्रदेशमा एकीकृत समाजवादीको प्रतिनिधित्व करिब शून्य रहेको अवस्थामा स्वतन्त्रबाट विजयी गुरुङको साथ अध्यक्ष माधवकुमार नेपाललाई मिलेको थियो।
मनाङेले आफूलाई गरेको विश्वासको कदर गर्दै अध्यक्ष नेपालले केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेका हुन्। गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको छैटौं बैठकबारे जारी गरिएको अन्तरपार्टी निर्देशनमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरिएको उल्लेख छ
मनाङ 'ख'बाट प्रदेशसभामा निर्वाचित मनाङेले २०७९ मंसिर १९ गते एकीकृत समाजवादी पार्टी रोजेका थिए। उनी मंसीर ४ गते मतदानअघि नै मनाङ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए।
गण्डकीका पूर्व खेलकुद मन्त्रीसमेत रहेका मनाङे अब एकीकृत समाजवादीको केन्द्रीय तहमा आइपुगेका हुन्।
अरु को को मनोनीत भए
१. चिरिञ्जीवी पाण्डे-स्याङ्जा
२. अच्युत पाण्डे-नुवाकोट
३. दिनेश रावल-पाल्पा
४. राजीव गुरुङ-मनाङ
५. नवराज अर्याल-धादिङ
६. समसुद्दिन सिद्धिकी-बाँके
७. भद्रप्रसाद देवकोटा-बाँके
८. हेमन्त रेग्मी-कैलाली
९. रमेशबाबु श्रेष्ठ-रामेछाप
१०. अमृतसागर बस्नेत-ओखलढुङ्गा
११. हरि खड्का-काभ्रे
१२. विकेश लामा-काभ्रे
१३. संग्राम लामा-काभ्रे
१४. पदम थापा-झापा
१५. सूर्य पाख्रिन-सिन्धुली
१६. भीमबहादुर-भारत प्रवास
१७. प्रा.डा. होमबहादुर बडुवाल-म्याग्दी
Shares
प्रतिक्रिया