ad ad

राजनीति


एकै मञ्चमा देखिए वर्षमान र जनार्दन

एकै मञ्चमा देखिए वर्षमान र जनार्दन

अखिल क्रान्तिकारीको कार्यक्रम जनार्दन र वर्षमान। तस्बिर : नेपालखबर


नेपालखबर
असोज ३, २०८० बुधबार १९:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर बुधबार एउटै मञ्चमा देखिएका छन्।

कुनै समय दुई कित्तामा रहेका यी दुई नेताहरुलाई माओवादीनिकट अखिल क्रान्तिकारीले एउटै कार्यक्रममा उपस्थित गराएर एकै ठाउँ राखेको हो।

यतिबेला माओवादीको तीन महिने रुपान्तरण अभियान चलिरहेको छ। क्रान्तिकारीको अहिलेको संरचना भंग गरेर महाधिवेशन आयोजक समिति बनाइएको छ। 

यही बेला दुवै प्रभावशाली उपमहासचिवलाई बोलाएर क्रान्तिकारीले छलफल गरेको हो।

‘पार्टी नेतृत्वसँग पार्टी अभियान लगायत विविध विषयमा अखिल क्रान्तिकारीको संक्षिप्त छलफल’क्रान्तिकारीका नेता जिपी मैनालीले सामाजिक सञ्जाल फेसबुकमा दुई नेताको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्।

शर्मा माओवादीको सम्भावित महासचिवका रुपमा हेरिएका नेता हुन्। माओवादीले आगामी चैत्रभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

अहिले उपमहासचिव पुनले विशेष प्रदेशको जिम्मेवारी सम्हालिरहेका छन्। उता शर्मा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .