ad ad

राजनीति


नैनसिंह महरले भने : शिक्षकले संविधानबाहिरका कुरा मागेका होइनन्, सरकारले सुन्नु पर्छ

नैनसिंह महरले भने : शिक्षकले संविधानबाहिरका कुरा मागेका होइनन्, सरकारले सुन्नु पर्छ

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार १६:२१, काठमाडौँ

दुई दिनदेखि काठमाडौंमा शिक्षकहरुले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकाहरुका मागको सुनुवाइमा सरकार गम्भी हुनुपर्ने बताएका छन्। 

‘शिक्षकहरुको आन्दोलनप्रति हामीले ख्याल गर्नुपर्छ। विद्यालय शिक्षा विधेयकबारे प्रश्न उठेका छन्। सरकारले यअसघि कबुल गरेका केही विषयहरु विधेयकमा समावेश छैनन्’, उनले भने, ‘शिक्षकहरुले संविधानबाहिरका कुरा उठाएका छैनन्। संविधानलाई क्रस गर्ने गरी माग राखेका छैनन्। यस्तोमा कांग्रेसले रमिता हेरेर बस्न मिल्दैन।’

महरले दुई दिनदेखि आन्दोलन भइरहेको बताउँदै यसबारे सत्तामा रहेका कारण कांग्रेसले गम्भीर भएर सुनुवाइको पहल गर्नुपर्ने बताएका छन्। 

त्यसैगरी अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले आन्दोलित शिक्षकहरुका माग अहिलेको सरकारले सुनेर पूरा गरिदिनुपर्ने बताएकी छन्। 

अहिलेको निराशालाई कसरी चिरेर अघि बढ्ने भन्ने योजना कांग्रेसलाई चाहिएको पनि उनले बैठकमा बताइन्। 

‘जनताका अपेक्षा धेरै रहेका छन्। जनताका आकांक्षा हामीसँग हुनु स्वभाविक हो’, उनले  भनिन्, ‘महंगी बढेको छ। तरकारीको भाउ र ग्यासको पनि बढेको छ। घरको भान्सा महंगो भएको छ। यसबारे कांग्रेसले बोल्ने कि नबोल्ने?’

गौतमले बजार अनुगमन गर्ने कुरामा सरकारको चासो नरहेको बताइन्। 

‘सुशासन र डेलिभरीका कुरा जनताले खोजेका छन् छन्। हाम्रा सहमहामन्त्री कुटिनु परेको छ। पूर्वमा पनि कांग्रेस कार्यकर्तामाथि ज्यादती भएको छ’, उनले भनिन्, ‘हामीले जनतालाई के दिनुपर्छ, जनताका अपेक्षा के छन् भन्ने बोल्नुपर्छ।

उनले पार्टीभित्रको असमझदारीलाई बेलैमा निराकरण नगर्ने कांग्रेस कमजोर हुने बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .