ad ad

राजनीति


कोशीमा कांग्रेसले गल्ती गरेको छैन, एमालेले षड्यन्त्र गरेर सरकार टिक्न दिएन : आङ्गेलु शेर्पा

कोशीमा कांग्रेसले गल्ती गरेको छैन, एमालेले षड्यन्त्र गरेर सरकार टिक्न दिएन : आङ्गेलु शेर्पा

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्यले कोशी प्रदेशमा सरकार निर्माणका क्रममा आफूहरुको कुनै गल्ती नरहेको बताएका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधनका क्रममा नेता आङ्गेलु शेर्पाले कोशीमा सरकार निर्माणका क्रममा कांग्रेसको कुनै गल्ती नभएको बताएका हुन्। 

‘अहिले जुन ढंगले कोशी प्रदेशको कुरा उठाइएको छ। कोशी प्रदेशमा कांग्रेसले गल्ती गरेको छैन’, उनले भने, ‘पहिलो पटक उद्धव थापा मुख्यमन्त्री हुँदा बहुमतका लागि प्रदेशसभाका अध्यक्षलाई हस्ताक्षर गराइयो। लोकतान्त्रिक पद्धतति अनुसार सही गरेका हुन् सभाअध्यक्षले। यसमा कांग्रेसको गल्ती छैन।’ 

उनले दोस्रो पटक पनि सभाध्यक्षले प्राविधिक रुपमा सरकारका लागि बहुमत जुटाउन हस्ताक्षर गरेको दाबी गरे। उनले बरु कोशीमा एमालेको गल्ती रहेको दाबी गरे। 

‘कोशीमा उपसभामुखलाई षड्यन्त्रपूर्वक एमालेले अनुस्थित गराएको छ’, उनले भने, ‘कोशीको अस्थिरताको दोष एमालेलाई दिनुपर्छ, कांग्रेस सरकार बनाउने कोसिस गर्दा गल्ती गरेको छैन।’

उनले फेरि पनि कोशीमा कांग्रेसले सरकार बनाउन कोसिस गर्नुपर्ने बताए। नत्र कम्युनिष्टहरु मिलेर कांग्रेसका नेता कार्यकर्ताको मनोबल गिराइदिने पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .