ad ad

बागमती


सञ्चो अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्न थप एक जना पक्राउ

सञ्चो अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्न थप एक जना पक्राउ

नेपालखबर
असोज ५, २०८० शुक्रबार १५:४५, हेटाैंडा

हेटौंडा–१, स्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गरिएको घटनामा संलग्न रहेकामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले हेटौंडा–१२, सिग्रेनीका ३६ वर्षीय जिवन लामालाई हेटौंडा–१५, रातोमाटेबाट हिडिरहेको अवस्थामा पक्राउ गरेको हो।

यसअघि हेटौंडा–१२, सिक्रेनीकाकै सुनिल पाख्रिन, रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो।

जिल्ला अदालतले पक्राउ परेकाबाहेक घटनामा संलग्न थप ५ जनाको नाममा आइतबार पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएका मध्ये २ जना पक्राउ परे भने अन्य ३ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

गत साताको बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .