ad ad

राजनीति


देउवालाई शिवाकोटीको कटाक्ष : विमानस्थलबाट विदेशिनेको भिड देख्दा देश बनाए जस्तो लाग्दैन?

देउवालाई शिवाकोटीको कटाक्ष : विमानस्थलबाट विदेशिनेको भिड देख्दा देश बनाए जस्तो लाग्दैन?

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:१८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरूले आर्थिक विकास छलाङ मारिरहँदा नेपालको अवस्थामा भने दिनदिनै खस्किएको बताएका छन्।

शुक्रबार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकलाई सम्बोधनका क्रममा उनले देशको नेतृत्वप्रतिको आशा निराशामा बदलिएको भन्दे चिन्ता जनाएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेको भिड दिनदिनै देख्दा आँखा रसाउने गरेको पनि उनले बैठकमा सुनाए। 

पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि 'नेतृत्व तहका अग्रजलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन?'  भनेर सभापति शेरबहादुर देउवालाई प्रश्न गरे।

‘उत्तर र दक्षिणका छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहँदा हामी जुन मनोविज्ञानसहित बढेका छौँ। राज्यका निकाय तथा संस्थाको अवस्था खस्कँदो छ। नेतृत्वप्रतिको आशा निराशामा परिवर्तन भएको छ। हरेक नागरिक आफ्ना छोराछोरी कहिले  १२ कक्षा पास गर्लान् र विदेश पठाउँला भनेर सपना देख्दैछन्। आफूलाई दाउमा पनि राखेका छन्’, उनले भने, ‘विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्यपूर्वका खाडी राष्ट्रहरूमा गएको देख्दा हरेक दिन आँखाहरु रसाएका छन्। विमानस्थलको भिड देख्दा पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि तपाईं नेतृत्व तहका अग्रजलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन?'

शिवाकोटीले पार्टी सञ्चालन पद्धतिलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने बताए। उनले भ्रातृ संगठनमा पदाधिकारी मनोनयन पारदर्शी हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .