ad ad

राजनीति


माओवादी छाडेर उपनिर्वाचनमा जनमतबाट उठेका शिवचन्द्र एमालेमा प्रवेश गरे

माओवादी छाडेर उपनिर्वाचनमा जनमतबाट उठेका शिवचन्द्र एमालेमा प्रवेश गरे

नेपालखबर
असोज १८, २०८० बिहिबार १४:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्र छाडेर गत वैशाख १० गतेको उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन्। 

बारामा जनमत पार्टी प्रभावशाली नेता कुशवाह बिहीबार एमालेमा प्रवेश गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका उनी गत वैशाख १० गतेको उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए। तर उनी उक्त निर्वाचनमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। 

शिवचन्द्रलाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले पार्टीमा प्रवेश गराए। 

ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायत नेताहरूले कुशवाहलाई स्वागत गरे। 

कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए।

तर उनी २०७९ को निर्वाचनमा जनता समाजवादीका रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित भएका थिए।

त्यसपछि उपनिर्वाचनमा पनि जसपा अध्यक्ष यादवसँग पराजित भए। निर्वाचनपछि केही समय जनमत पार्टीमा रहेका उनी त्यसयता निष्क्रिय थिए। सीके राउतसँग कुरा मिल्न नसकेपछि निष्क्रिय रहेका उनलाई एमालेले स्वागत गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .