सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो।
यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन्। रासस
63
Shares
प्रतिक्रिया