ad ad

राजनीति


प्रधान सेनापति शर्मा तथा बेलायती सेनाका सेनाध्यक्षबीच भेटवार्ता

प्रधान सेनापति शर्मा तथा बेलायती सेनाका सेनाध्यक्षबीच भेटवार्ता

नेपालखबर
असोज २५, २०८० बिहिबार १८:१६, काठमाडौँ

यही असोज २१ गतेबाट बेलायत भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक सनडेसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताए। द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छल‌फल भएको उक्त भेटघाटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्‍नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कोल पउल स्मिथको उपस्थिति रहेको थियो।

यसैबीच प्रधान सेनापतिले बेलायतको रोयल कलेज अफ डिफेनस स्टडिज (आरसीडीसी) को भ्रमण गरेका छन्। भ्रमणको दौरान उनलाई उक्त कलेजका कान्डेन्ट लफ्टिनेन्ट जनरल जर्ज नर्टनले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिहरू बारे जानकारी गराएका थिए।

प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भए। त्यस अवसरमा राजदूत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनैतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .