ad ad

राजनीति


राष्ट्रसंघमा शान्ति प्रक्रियाबारे बोल्दा अन्तर्राष्ट्रिय समुदाय नै तरंगित बन्यो : प्रधानमन्त्री

राष्ट्रसंघमा शान्ति प्रक्रियाबारे बोल्दा अन्तर्राष्ट्रिय समुदाय नै तरंगित बन्यो : प्रधानमन्त्री

‘संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेलाबाट निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री


नेपालखबर
असोज २५, २०८० बिहिबार १९:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन्।

द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले ‘संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

‘केही मान्छेहरू द्वन्द्वका कारण केही सिमित  व्यक्ति मात्रै पिडित भएका हुन्  जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर  प्रसाय गरी राखेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने।

तर आफ्नो प्रयासले हजारौं हजार नागरिक, आम रूपमा न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गरेको प्रधानमन्त्रीको भनाइ छ।

संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक छलफल राखेर सहिद ब्यपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे।

‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई  पेचिलो बनाउने प्रायस भैराखेको छ। शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस भैराखेको छ। पछिल्लो समय सदनका बसह हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ,’ प्रधानमन्त्रीले भने।

विभिन्न चुनौतिकाबीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको पनि उनले बताए। 

पछिल्लो समय संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको पनि उनले बताए।

‘मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्नसक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमानै तरंगित भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, छयसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन। पुरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो।’

आफूले महासभामा नेपालको संक्रमणकालिन न्याय प्रक्रिया टुंगो लगाउँदा  त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकोले सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुर्याउन मदत गर्नुपर्ने धारणा राखेको बताए।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफुले महासचिव एन्टोनियो गुटरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितहरूको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको पनि जानकारी गराए। 

इजरायलमा भएको द्धन्द्धका कारणले उनी अक्टोबर  १३ को सट्टा २९ तारिकको दिन नेपाल आउँने जानकारी समेत दिए।

महासचिव नेपाल भ्रमणमा आउँदा आफूले पीडितहरूले आफ्नो विषय राख्ने र पीडितहरूका अनुभव र पिडाका विषय महासचिवसमक्ष नै  सुनाउने वातावरण बनाउनेतर्फ सोचिराखेको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .