ad ad

राजनीति


‘नियमित’ स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा

‘नियमित’ स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा

नेपालखबर
असोज ३०, २०८० मंगलबार १९:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन्। 

मंगलबार साँझ नियमित स्वास्थ्यजाँचका लागि उनी नर्भिक पुगेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले नेपालखबरलाई जानकारी दिए। 

‘उहाँ नियमित चेकजाँचका लागि नर्भिक अस्पताल पुग्नुभएको हो,’ उनले भने। 

निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार  चेकजाँचका लागि उनी नर्भिक गएका हुन्।

प्रधानमन्त्री प्रचण्डको नर्भिक अस्पतालमा परीक्षण भइरहेको जानकारी दिँदै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले परीक्षण रिपोर्ट हेरेपछि मात्रै भर्ना हुने नहुनेबारे थाहा हुने बताए। 

प्रधानमन्त्री प्रचण्ड मंगलबार एकैदिन धेरै कार्यक्रमहरूमा सहभागी भएका थिए। सोमबार उनी सुदूरपश्चिममा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्न धनगढी पुगेका थिए। 

पेट र छाती चेक गर्न उनका निजी चिकित्सक शर्माले सुझाव दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .