ad ad

राजनीति


प्रधान सेनापति शर्मा चीन प्रस्थान

प्रधान सेनापति शर्मा चीन प्रस्थान

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १२:५८, काठमाडौँ

एक साता लामो भ्रमणका लागि प्रधान सेनापति प्रभुराम शर्मा आज जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन्।

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधान सेनापति शर्मा चीन प्रस्थान गरेका हुन्। 

चीन भ्रमणका क्रममा प्रधान सेनापति शर्माको चिनियाँ जनमुक्ति सेनाका प्रमुखसहितका अधिकारीहरुसँग भेटवार्ता हुने जंगी अड्डाले जनाएको छ।

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्नुका साथै चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रीभोजमा पनि सरिक हुने कार्यक्रम छ। 

शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

बेइजिङ प्रस्थान गर्नु अघि प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाइ गरेका छन्। त्यसक्रममा शर्मालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता छ। 

प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्ने जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .