ad ad

राजनीति


कतारका अमिरले गरे नेपाल भ्रमण स्थगित

कतारका अमिरले गरे नेपाल भ्रमण स्थगित

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १०:२७, काठमाडौँ

यही कात्तिक २० र २१ गते हुने भनिएको कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ। 

कतारी अमिरले गर्ने भनिएको दुई दिने पूर्व निर्धारित नेपाल भ्रमण स्थगित गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण उनले नेपाल भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।

काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई अमिर शेखले भ्रमण स्थगित गरेको जानकारी गराएको छ। 

परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको अवस्थामा भ्रमण स्थगित भएको हो। 

आपसी छलफलपछि मात्रै अब कतारी अमिरको नेपाल भ्रमणको अर्को मिति तय गरिने परराष्ट्र मन्त्रालएका एक अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .