ad ad

राजनीति


संक्रमणकालीन न्यायको विषय जटिल छ, तपाईंहरू एक्लै हुनुहुन्न : महासचिव गुटेरेस

संक्रमणकालीन न्यायको विषय जटिल छ, तपाईंहरू एक्लै हुनुहुन्न : महासचिव गुटेरेस

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १७:१०, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्यायको विषय नाजुक र जटिल रहेको भन्दै त्यसको टुंगो लगाउन नेपाल एक्लो नभएको बताएका छन्। 

नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। 

‘सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर यो सजिलो भने छैन। स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो,’ गुटेरेसले सम्बोधनको क्रममा भने।

साथै, उनले संक्रमणकालीन न्यायमा सफलता पाएसँगै मानव अधिकार उल्लंघनका सबै पीडितहरूको अर्थपूर्ण समाधान पाउन सक्ने बताए। 

‘हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्। जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ। त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन्,’ उनले संसद्को सम्बोधनको क्रममा भने, ‘यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन्। नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु। तपाईँहरू एक्लो हुनुहुन्न।’

साथै, उनले नेपालको विगत तीस वर्षको यात्रा हेर्नलायक र अद्भुत रहेको बताए।

उनले नयाँ संविधानसहितको नयाँ गणतन्त्र केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .