ad ad

राजनीति


भूकम्पपीडितलाई राहत घोषणा गर्न मन्त्रिपरिषद् बैठक जारी

भूकम्पपीडितलाई राहत घोषणा गर्न मन्त्रिपरिषद् बैठक जारी

आइतबार बिहान सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठक


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ८:२९, काठमाडौँ

जाजरकोट भूकम्पबाट पीडितलाई राहत घोषणा गर्न सिंहदरबारमा मन्त्रिरिषद्को बैठक बसिरहेको छ। 

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ। 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि राहत प्याकेज घोषणा गर्नेछ। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहानै जाजरकोट पुगेर भूकम्पपीडितको उद्धारमा आफैँ सहभागी भई त्यहीँबाट आज मन्त्रिपरिषद् बैठक राखेर राहतको प्याकेज घोषणा गर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .