सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा सहयोगार्थ आजबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा एक सातासम्म चल्नेगरी रक्तदान कार्यक्रम सुरु गरिएको हो।
भूकम्पपीडित घाइतेको उपचारमा रगत अभाव नहोस् भन्ने उद्धेश्यले सो कार्यक्रम सुरु गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।
जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पमा परी १५७ जनाको निधन भएको छ।
घाइते भएकाहरूको उद्धार कार्य जारी छ। सरकारका मन्त्री तथा सांसदहरू राहत बोकेर पीडित भएको स्थानसम्म पुगेका छन्।
84
Shares
प्रतिक्रिया