ad ad

राजनीति


राज्य व्यवस्था समितिका पदाधिकारी आफ्नै खर्चमा भूकम्प प्रभावित क्षेत्रमा जाने

राज्य व्यवस्था समितिका पदाधिकारी आफ्नै खर्चमा भूकम्प प्रभावित क्षेत्रमा जाने

रामहरी खतिवडा/फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०८० बुधबार ६:४८, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारी आज भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा जाने भएका छन्।

समितिका सभापति रामहरी खतिवडाले राज्य व्यवस्था समितिका तर्फबाट बुधबार जाजरकोट र रुकुम पश्चिमको भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।

कांग्रेस नेतासमेत रहेका खतिवडाले राज्य संयन्त्रको काम कारबाही प्रभावित नहुनेगरी आफ्नै खर्चमा भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नको लागि त्यता जान लागेको बताएका छन्।

‘हाम्रो भ्रमणबाट भूकम्प पीडित आदरणीय जनसमुदायलाई राहत वितरण कार्यमा कुनै असर पार्ने छैनौँ,’ उनले सामाजि सञ्जालमा लेखेका छन्, ‘राज्य संयन्त्रको कामकारबाही प्रभावित नहुनेगरी आफ्नै खर्चमा त्यहाँको वस्तुस्थिति बुझेर हामी फर्किने छौँ।’

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो मात्रामा जनधन क्षति गरेको छ। भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने ३६३ जना घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .