प्रमुख प्रतिपक्षी नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यहरूको पद रिक्त भएको छ।
बुधबार बसेको एमाले सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा रिक्त ६ जना केन्द्रीय सदस्यबारे जानकारी गराएका हुन्।
ज्ञवालीका अनुसार एमालेमा कैलाश ढुंगेल, मायानाथ अधिकारी, विनोद ढकाल, गुलावजंग शाह, कृष्णप्रसाद दाहाल र हरि रिजालको पद रिक्त भएको हो।
उनीहरु एक महिनाअघि सकिएको प्रदेश अधिवेशनमा उम्मेवार बनेका थिए। जसमा ढुंगेल बागमती र शाह कर्णाली प्रदेश अध्यक्ष भए। अरु भने प्रदेश अध्यक्षमा पराजित भए।
एमालेको विधानमा प्रदेश अध्यक्ष पदेन पोलिटब्यूरो हुने व्यवस्था छ। पार्टी विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त हुने उल्लेख छ।
111
Shares
प्रतिक्रिया