ad ad

राजनीति


पूर्वराजा शाह झापामा, ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने

पूर्वराजा शाह झापामा, ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने

भद्रपुर विमानस्थलमा पूर्वराजा शाह (तस्बिर : मोहन कुमार श्रेष्ठ, प्रवक्ता राप्रपा)


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १८:५१, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी शुक्रबार दिउँसो बुद्ध एयरमार्फत झापाको भद्रपुर विमानस्थल अवतरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र झाप पुगेका हुन्।

उनको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामै छन्।

भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ८ हजार मोटरसाइकलको र्‍याली गरिने राप्रपाले बताएको छ। 

बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए। 

‘कार्यक्रममा ५० हजार जनाको सहभागिता रहने आकलन छ’, श्रेष्ठले भने। 

काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन गरेको भोलिपल्टै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .