नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राजतन्त्र फर्कनुपर्छ भन्नेहरूलाई सिधै खालमा खेल्न आउन चुनौती दिएका छन्।
गुल्मीमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै थापाले कांग्रेस जुवाको खालमा च्याँखे नखेल्ने बताए।
‘यदी राजा फर्काउनपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रष्ट भन्ने हो, जुवाको खालमा गएर कांग्रेसले च्याँखे दाउ हान्ने होइन। खेल्ने भए सिधै खालमा खेल्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ,’ थापाले भने।
मन्दिरका मूर्ती बेच्नेले नै धर्मको बारेमा कुरा गर्दै हिँडेको बताउँदै उनले उक्त कुरा स्वभाविक नभएको बताए।
‘मौका पर्दा मन्दिरको मूर्ती बेच्नेहरुले धर्मको बारे बताइदिन्छ। हाम्रो धर्म त्यति कमजोर छ?,’ थापाको प्रश्न छ।
साथै, उनले कांग्रेसले अनावश्यक भारी बोक्न नहुने पनि बताए।
60
Shares
प्रतिक्रिया