ad ad

राजनीति


संसदीय समितिले भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्ने

संसदीय समितिले भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्ने

नेपालखबर
मंसिर १०, २०८० आइतबार १९:४, काठमाडौँ

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिम र जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने भएको छ।

समितिका सभापति दिलकुमारी थापा रावल(पार्वती)को नेतृत्वमा संसदीय प्रतिनिधीमण्डल स्थलगत अनुगमनका लागि त्यस तर्फ जाने भएको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्प प्रभावितका लागि राहत वितरण र पूनर्स्थापनाका लागि अहिले सम्म भैरहेका प्रयासहरु र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा सुझाव दिन स्थलगरुपमा नै सरोकारवालासँग छलफल गर्न समितिलाई निर्देशन दिएका थिए।

अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि भूकम्प प्रभावित जिल्लाको वर्तमान अवस्थामा पीडितले के कस्ता समस्या भोग्नु परेको छ र समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले समितिले स्थलगत अनुगमन गर्न लागेको सभापति रावलले जानकारी दिइन्।

समितिले दुवै जिल्लाका सदरमुकाममा पुगेर स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधी, राजनैतिक दलका नेता, रेडक्रस, स्काउट लगायत भूकम्प प्रभावितको राहत र उद्दारमा खट्ने सरोकारवालासँग राहत वितरणको अबस्था, कहाँकहाँ समस्या छ, पुनर्स्थापनाका प्रयास केके भएका छन, न्युनतम राहत पुगेको छ कि छैन, वितरणको समन्वय कसरी भैरहेको छ भनेर छलफल गर्ने कार्यक्रम छ।

उक्त संसदीय टोलीले जाजरकोट जिल्लामा सोमबार र मंगलबार रुकुम पश्चिमका जिल्लामा अन्तरकृया गर्ने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। समितिले यसअघि प्रतिनिधी सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको स्थलगत अनुगमन गरेर दिएका निर्देशनको कार्यान्वयनको अबस्थाका बारेमा पनि जानकारी लिनेछ।

स्थलगत अनुगमनमा गएको संसदीय प्रतिनिधीमण्डलमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने  सबै राजनैतिक दलको प्रतिनिधीत्व हुने गरि सदस्यहरु समावेश गरिएको सहायक प्रवक्ता धमलाले जानकारी दिए।

प्रतिनिधीमण्डलमा समितिका सभापति रावल सहित राष्ट्रिय सभाका सदस्यहरु अनिता देवकोटा,  कुमार दशौदी, गोपीबहादुर सार्की अछामी, राजेन्द्र लक्ष्मी गैरे र शेखरकुमार सिंह छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .