ad ad

राजनीति


गणतन्त्र मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त

गणतन्त्र मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १३:५०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र स्विट्जरल्यण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको हो।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .