ad ad

राजनीति


समृद्धिका लागि संकल्प यात्रा : एमालेले आज दैलेखमा बृहत् सभा गर्दै

समृद्धिका लागि संकल्प यात्रा : एमालेले आज दैलेखमा बृहत् सभा गर्दै

नेपालखबर
मंसिर १७, २०८० आइतबार ८:४४, सुर्खेत

नेकपा (एमाले)को समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत आज दैलेखको राकम कर्णालीमा जनसभा हुँदैछ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बृहतसभा दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीमा हुने एमालेले जनाएको छ। 

बिहान १० बजेबाट सुरु हुने सभाको सम्पूर्ण तयारी पूरा भएको छ। एमाले आठबीस नगर कमिटी अध्यक्ष अमर माझीले बृहत सभाका लागि सबै तयारी पूरा भएको जानकारी दिए। 

माझीका अनुसार जुम्ला, कालीकोट, दैलेख र अछामबाट गरि सभामा करिब १० हजार भन्दा धेरैको सहभागिता रहनेछ। 

बिहीबार बैतडीको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ्ग संकल्प यात्रा २०८०’को अभियान अन्तर्गत राकमकर्णालीमा हुने बृहत सभामा विभन्न प्रकारका सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने एमालेले जनाएको छ।

सभामा कालिकोटका चर्चित खेलाउडा (देउडा गायक) पुष्पराज आचार्य र बिपना सिंहको दमदार प्रस्तुति हुनेछ। स्थानीय झाँकी अन्तर्गत मारुनी नाच, पञ्चेवाजा, हुड्के लगायतका नाच देखाइने एमालेले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .