प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने दाबी गरेका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सम्पादकहरूसँगको कुराकानीका क्रममा उनले गणतन्त्र विरोधी गतिविधि बल प्रयोग नगरी नियन्त्रणमा लिइएको बताए।
‘उनीहरूबीच अन्तविरोध थियो, सरकार छिर्दै जाने खालको,’ उनले भने, ‘सबै तरिका अपनाइयो। प्रसाईको अभियान विस्तारै तुहिन्छ।’
लोकतन्त्र बाहिर गएर बोल्न र चल्न नपाइने भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले संविधानभित्रै रहेर प्रतिवाद गरेको बताए।
‘ठूलै हो–हल्ला गरियो। दमन गरे झन् फ्युलिङ हुने खतरा थियो,’ उनले भने, ‘तर बल प्रयोग नगरी गर्नुपर्ने सबै गरियो।’
उनले अघि भने, ‘लोकतन्त्र बाहिर गएर बोल्न र चल्न पाइँदैन। सरकारले संविधानभित्रै रहेर प्रतिवाद गर्छ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो पाँच दिने दुबई भ्रमण र कोप२८ सम्मेलनबारे पनि बिफिङ गरेका थिए।
Shares
प्रतिक्रिया