ad ad

राजनीति


प्रदेश सरकारसँग बालेन्द्रको गुनासो- स्थानीय सरकारले गरेका कामविरुद्ध मुद्दा नहालिदिनू

प्रदेश सरकारसँग बालेन्द्रको गुनासो- स्थानीय सरकारले गरेका कामविरुद्ध मुद्दा नहालिदिनू

नेपालखबर
पुस २, २०८० सोमबार १३:१२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय तहले गरिरहेका काममा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उपत्यकाको यातायात प्रणालीलाई वैज्ञानिक तरिकाले विकसित गर्ने लगायतका काम गर्न खोज्दा प्रदेश सरकारबाट मुद्दा परेको भन्दै त्यसो नगरीदिन उनले आग्रह गरेका हुन्।

‘प्रदेश सरकारकाबाट हामीलाई मुद्दा लागिरहेको छ। प्रदेशका माननीयज्यूहरू यहीँ हुनुहुन्छ। प्रदेशले त्यसरी मुद्दा हालिदिनु भएन स्थानीय सरकारले गरिरहेको काममा,’ प्रमुख बालेन्द्रले भनेका छन्, ‘हामीलाई के लाग्छ भने संघ र प्रदेशले गर्नुपर्ने काम स्थानीयले गरिँदिँदैछ भने त संघ र प्रदेश खुसी हुनुपर्छ। कसैले काम गरिदिनु भनेको कसैको अधिकार खोस्नु होइन भन्ने तीनै तहका सरकारले बुझनुपर्छ।’

विकास निर्माणमा तीन वटै तहका सरकारले आपसमा मिलेर, सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले अधिकार खोसेको रूपमा नुबझ्न आग्रह गरेका छन्।

उपत्यकाको विकास एकै पटक हुनुपर्ने धारणा राख्दै प्रमुख बालेन्द्रले तीनै तहका सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।

काठमाडौँ र ललितपुर एकापसमा परस्पर सम्बन्धमा भएका महानगर भएका र काठमाडौँ एक्लै बनेर तथा ललितपुर पनि एक्लै बनेर उपत्यका राम्रो नदेखिने भन्दै उनले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन्।

काठमाडौँ बाहिरका मानिसलाई काठमाडौँ उपत्यका आफैँमा एउटै हो जस्तो लाग्ने गरेको बताउँदै ललितपुर आए पनि काठमाडौँ गएजस्तो लाग्ने र काठमाडौँ जाँदा पनि ललितपुर आएजस्तो लाग्ने भएकोले समग्र उपत्यकाको विकास एकै पटक भएमा राम्रो हुने प्रमुख बालेन्द्रको धारणा छ।

तर उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको उनले बताए।

कार्यक्रममा बोल्दै उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेको र फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरेका छन्। यसका साथै, काठमाडौँको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गरिदिन आग्रह गरे।

‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीयज्यूले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ। ५ मिनेटदेखि एक घण्टामा मात्रै सकिन्छ,’ प्रधानमन्त्रीलाई लक्षित गर्दै प्रमुख बालेन्द्रको धारणा छ।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .