ad ad

राजनीति


सरकारले विखण्डनकारी गतिविधि नियन्त्रण गर्न चाहेन : योगेश भट्टराई

सरकारले विखण्डनकारी गतिविधि नियन्त्रण गर्न चाहेन : योगेश भट्टराई

फाइल फोटो


नेपालखबर
पुस ३, २०८० मंगलबार १५:२५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन्।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उनको जिकिर थियो।

सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराए।

उनले भने, ‘जो विखण्डकारी छन्। तिनीहरुसँग हाम्रो कुराकानी हुँदैन। त्यो राज्यले डिल गरोस्। कसरी गर्र्छ, प्रचण्डले डिल गर्नुहुन्छ। त्यो सरकारको काम हो नि। राज्य भनेपछि आज सरकारमा को छ? उहाँको होइन? उहाँ मज्जाले कानमा तेल होलर बस्ने त होइन नि।’

उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताए। कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो।

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .