ad ad

राजनीति


नेकपा एसको सबै जिल्ला अधिवेशन स्थगित

नेकपा एसको सबै जिल्ला अधिवेशन स्थगित

नेपालखबर
पुस ३, २०८० मंगलबार १८:७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा भएको बैठकले यस्तो निर्णय गरेको हो। बैठक पुस ७ गते पुनः बस्ने सचिव श्रेष्ठले बताए।

सचिव श्रेष्ठका अनुसार कतिपय जिल्लाले अधिवेशन गर्ने तयारी गरिरहेको, कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको र विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने पार्टीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशन स्थगित निर्णय गरिएको हो।

‘महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले आजको सचिवालय बैठकबाट नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक जुन माघको १४ र १५ गते राखेको छ, त्यसपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशन स्थगित गर्ने निर्णय भएको छ,’ सचिव श्रेष्ठले भने।

संगठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा नेकपा एसमा छलफल भएको छ। विधानमा ७० वर्षको उमेर सीमा तोकेको एसमा अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल चलिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .