ad ad

राजनीति


कांग्रेस एकतावद्ध भए बहुमत आउँछ : सभापति देउवा

कांग्रेस एकतावद्ध भए बहुमत आउँछ : सभापति देउवा

फाइल फोटो


नेपालखबर
पुस ३, २०८० मंगलबार १८:३५, पोखरा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाएर ठूलो पार्टी बनाउने उद्घोष गरेका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको मंगलबार पोखरामा आयोजित पट्यारलाग्दो पहिलो सम्मेलनको प्रमुख अतिथि रहेका सभापति देउवाले आफ्नो संक्षिप्त मन्तव्यको क्रममा पार्टी भित्र अन्तरघात भएको स्वीकारे तर ‘जसरी भए पनि एक गराएर, एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतको पार्टी बनाऊँ, नभए पनि ठूलो पार्टी बनाऔं’ भन्ने आह्वान गरे।

‘पार्टीमा एकता हुन्छ कि हुँदैन भन्ने चिन्ता छ तर एकतावद्ध बनाउने विश्वास छ,’उनले भने।

देउवाले थपे, ‘यो संविधान समावेशी, समानुपातिक प्रणालीमा एउटा पार्टीको बहुमत सम्भव छैन। त्यसलै चाहिँ कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। हाम्रो पार्टीको सिद्धान्त आदर्शमा सबै पार्टीहरू आएका छन्। हाम्रो पार्टीको जीत भएको छ। मल्टीपार्टी डेमोक्रेसी हाम्रो आदर्श हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .