स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित आज साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन्।
सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
144
Shares
प्रतिक्रिया