ad ad

राजनीति


भूपरिवेष्ठित मुलुक भएकाले नेपालको व्यापार चुनौतीपूर्ण : परराष्ट्रमन्त्री

भूपरिवेष्ठित मुलुक भएकाले नेपालको व्यापार चुनौतीपूर्ण : परराष्ट्रमन्त्री

तस्बिर : नेपालखबर


नेपालखबर
पुस १२, २०८० बिहिबार १४:४५, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले वैदेशिक व्यापार चुनौतीपूर्ण रहेको बताएका छन्।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा बिहीबार आयोजित बिम्स्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण वैदेशिक व्यापार चुनौतीपूर्ण रहेको दोहोर्‍याएका उनले चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठनभित्रको अर्थपूर्ण आबद्धताले सहयोग पुग्ने पनि उल्लेख गरे।

‘भूपरिवेष्ठित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन्। अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौँ चुनौती सामना गरिरहेका छौँ', उनले भने, 'यी चुनौती सामना गर्न क्षेत्रीय संगठनभित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुन सक्छ।’

साउदले बिम्स्टेकलाई थप सुदृढ र संस्थागत गर्न यस क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन बिम्स्टेक इपीजी गठन भएकोप पनि जानकारी दिएका छन्।

‘बिम्स्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिम्स्टेक प्रक्रियाले लिनुपर्ने कार्यदिशाबारे सुझाव दिन बिम्स्टेक ईपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) गठन भएको छ’, उनले भने। 

बिम्स्टेकको भावी कार्यदिशा तथा प्राथमिकता निर्धारण गर्ने काम नेपालका लागि महत्वपूर्ण अवसर रहेको भन्दै साउदले संगठनलाई कस्तो बनाउने र कसरी अधिकतम लाभ लिन सकिन्छ भन्नेबारे छलफल हुनु आवश्यक रहेको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .