ad ad

राजनीति


केन्द्रीय समितिमा नेताहरूको गुनासो : जनताले कांग्रेस भ्रष्टाचारको पर्याय हो भन्न थालिसके

केन्द्रीय समितिमा नेताहरूको गुनासो : जनताले कांग्रेस भ्रष्टाचारको पर्याय हो भन्न थालिसके

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १७:२७, काठमाडौँ

नेपाली कांग्रेसका नेताहरूले बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा पार्टीले भ्रष्टाचारविरुद्ध दस्तावेज नै पास गर्नुपर्ने बताएका छन्।

आगामी फागुनमा हुने महासमिति बैठकमा पार्टीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा विशेष दस्तावेज पास गर्नुपर्ने कुरा राखेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमा गएका मन्त्रीहरूको कामको कुरा पार्टीसँग जोडिन्छ कि जोडिँदैन भनेर नेताहरूले कुरा उठाएका  बताए। 

‘कांग्रेस भनेको भ्रष्टाचारको पर्याय हो भन्ने परेको छ यसलाई चिर्नुपर्छ भन्ने कुरा केन्द्रीय सदस्यहरूले राख्नु भएको छ,’ उनले केन्द्रीय सदस्यहरूको भनाइ उद्धृत गर्दै थपे, ‘कांग्रेसले यसबारे गम्भीरतापूर्वक निर्णय लिने गरी महासमितिमा जानुपर्छ। महासमितिमा भ्रष्टाचारविरुद्ध जनतालाई आश्वस्त पार्ने गरी डकुमेन्ट ल्याउनुपर्छ भनेका छन्।’

शिवाकोटीले टेरामक्स खरिद प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिने नदिने कुरा अहिले नै उठाउनु उचित नहुने बताए।

‘यो कुरा अख्तियारले पनि छानबिन गरिरहेको छ। त्यसबारेमा छानबिन कुर्नुपर्छ’, उनले भने, ‘तर सरकारमा भएका भ्रष्टाचारले पार्टीको बदनाम भइरहेको छ। केन्द्रीय सदस्यहरूले भ्रष्टाचाबारे जोडसँग कुरा उठाएका छन्।
पार्टीले एउटा दस्तावेज महासमितिबाट पास गर्नुपर्छ भन्ने मत आएको छ।’

शिवाकोटीले पुस १६ गतेदेखि सुरु हुने 'समुदायमा कांग्रेस' अभियानको मुख्य नारा नै भ्रष्टाचार र सुशासनबारे मुख्य सन्देश दिने गरी तय गरिनुपर्ने बताए।

शिवाकोटीले आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि मापदण्ड चाहिने कुरा उठेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .