ad ad

राजनीति


कांग्रेस बैठकमा १६ केन्द्रीय सदस्यले बोले, भोलि मन्त्रीहरूको रिपोर्टिङ

कांग्रेस बैठकमा १६ केन्द्रीय सदस्यले बोले, भोलि मन्त्रीहरूको रिपोर्टिङ

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १८:१३, काठमाडौँ

नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारदेखि सुरु बैठकमा १६ जना नेताहरूले बोलेका छन्।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू राखेका थिए। 

बैठकमा समुदायमा कांग्रेस अभियानको कार्ययोजनाबारे अर्का महामन्त्री गगनकुमार थापाले जानकारी गराए। जाजरकोट भूकम्पबारे सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

आजको बैठकमा १६ जना केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेको पौडेलले जानकारी दिए।

बिहीबारको बैठकमा दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, स्वास्थ्यमन्त्रीसमेत रहेका मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमति शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले बोले। 

बैठकमा नेताहरूले महामन्त्रीद्वयको भूमिकाबारे पनि प्रश्न उठाएको बताइएको छ। शुक्रबार फेरि बस्ने बैठकमा सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति प्रतिवेदन बैठकमा पेश गर्ने भएका छन्। 

बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा फेरि बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .