ad ad

राजनीति


बागमती कांग्रेसबाट राष्ट्रियसभामा सिफारिस : गणेश लामा, जीतजंग, तारानाथदेखि जिपछिरिङसम्म

केन्द्रीय समितिमा पठाइयो ९१ जनाको नाम
बागमती कांग्रेसबाट राष्ट्रियसभामा सिफारिस : गणेश लामा, जीतजंग, तारानाथदेखि जिपछिरिङसम्म

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १८:५९, हेटौंडा

नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिले राष्ट्रियसभा निर्वाचनका लागि ९१ जनाको नाम सिफारिस गरेको छ।  

प्रदेश संसदीय बोर्डले कलाकार नीर शाह सहित ९१ जनाको नाम सिफारिस गरेको हो। 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालसमेतको नाम राष्ट्रियसभाको उम्मेदवारका लागि सिफारिसमा परेको छ।

सिफारिसमा कांग्रेस केन्द्रीय कार्यसमितिका १० जना सदस्यसमेत परेका छन्।

बोर्डका एक सदस्यका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि केन्द्रीय सदस्यहरू हरिशरण नेपाली, जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, राधा घले, मदनबहादुर अमात्य, जीतजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवालेको नाम सिफारिस भएको छ।

त्यस्तै, प्रदेश पदाधिकारीबाट प्रदेश महामन्त्री राजु श्रेष्ठसहित सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन र हरिशरण श्रेष्ठको नाम सिफारिस भएको छ।

लोकतान्त्रिक अपांग महासंघका पूर्वअध्यक्ष भोजराज श्रेष्ठको नाम पनि सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .