नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएर धरौटीमा छुटेका नेता बालकृष्ण खाँण पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका थिए।
जिल्ला अदालत काठमाडौंको आदेशका केन्द्रीय कारागार सुन्धारामा थुनिएका उनी उच्च अदालत पाटनको मंसिर २९ को आदेशपछि धरौटीमा रिहा भएका थिए।
यो प्रकरणमा मुछिएपछि जेलबाट रिहा भएर पहिलो पटक खाण पार्टी कार्यालय सानेपामा हाजिर भएका हुन्।
उनी २०७९ भदौ ५ गते बसेको केन्द्रीय कार्य समिति बैठकमा अन्तिम पटक सहभागी भएका थिए। त्यसपछि जेल यात्रा गरेका उनी पहिलो पटक केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका हुन्।
यही साउन २ र असोज ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकका बेला उनी केन्द्रीय कारगारमा थिए। त्यस बैठकमा खाणको निलम्बनलाई लिएर विवाद पनि भयो।
महामन्त्री गगन थापासहितले खाणलाई निलम्बन गर्नुपर्ने बताए। तर सभापति शेरबहादुर देउवाले आफूनिकट खाणको निलम्बनमा इच्छा देखाएनन्।
Shares
प्रतिक्रिया