नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग आफू आजित भएको बताएका छन्।
एकीकृत समाजवादीको जारी केन्द्रीय समितिको बैठकमा नेपालले भने, ‘केपी ओली भन्ने मान्छेसँग मैले चाहिँ सकिनँ, कसैसँग जादु टुना छ भने लाग्नुस्, तपाइँहरु सक्नूस्।’
उनले ओलीलाई कसैले पनि सुधार्न नसक्ने ठोकुवा गरे। एकीकृत समाजवादी बलियो भैदिएको भए ओलीलाई सुधार्न सकिने एमालेकै नेताहरुले आफूसँग भन्ने गरेका नेपालले बताए।
‘ओलीलाई अहिलेको नेकपा एमालेको कसैले सुधार्न सक्ने अवस्था छैन’ उनले भने, ‘हाम्रो पार्टी बलियो भैदिए ओलीलाई सुधार्न सकिन्थ्यो भनेर एमाले भित्रकै साथीहरूले आफुसङ्ग भन्ने गरेको तथ्य छ।’
एकीकृत समाजवादी केन्द्रीय कमिटीको सातौँ बुधबारदेखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी रहेको हो।
बैठकमा केन्द्रीय सदस्यहरूले प्रस्तावित विधानमा आ–आफ्नो धारणा राखिरहेका छन्।
बैठक शुक्रबारसम्म चल्नेछ।
Shares
प्रतिक्रिया