ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार (तस्बिर)

प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार (तस्बिर)

नेपालखबर
पुस १४, २०८० शनिबार ९:४, काठमाडौँ

संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग गर्दै शुक्रबार हेटाैँडामा छलफल गरेका सात प्रदेशका मुख्यमन्त्रीमध्ये ६ जनाले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।  

संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा छलफल गरेका थिए।

हेटौँडामा गरिएको ९ बुँदे निर्णय र गत असार १६ गते पोखरमा भएको १७ बुँदे निर्णय कार्यन्वयनका लागि प्राधानमन्त्रीसँग भेट गरिएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालखबरलाई बताए। मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन्।

    प्रधानमन्त्री–मुख्यमन्त्री भेटवार्ताका थप तस्बिर


     

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .