ad ad

राजनीति


बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्, बालकुमारी घटनाबारे के हुँदैछ निर्णय?

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्, बालकुमारी घटनाबारे के हुँदैछ निर्णय?

नेपालखबर
पुस १४, २०८० शनिबार १५:०, काठमाडौँ

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका सन्दर्भमा निर्णय लिन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

बैठकले सो घटनामा परी मृत्यु भएका २ युवकको परिवारलाई राहत घोषणा गर्नेछ।

स्रोतका अनुसार शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा संयन्त्रको बैठकले मृतक परिवारलाई १०–१० लाख राहत दिन सिफारिस गरेको छ। 

मृतकहरूप्रति श्रद्धाञ्जली, परिवारमा समवेदना, घाइतेहरूको स्वास्थ्य लाभको कामना, मृतक परिवारलाई क्षतिपूर्ती र घाइतेहरूको निःशुल्क उपचार लगायतका विषयमा बैठकमा छलफल हुनेछ।

त्यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)देखि प्रहरी प्रमुखसम्मको जिम्मेवारीमा व्यापक हेरफेर गर्ने निर्णय भएको छ। 

सो निर्णयबारे औपचारिक निर्णय लिन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .